माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिण्डर ४० लिटरको ३०, अक्सिजन सिलिण्डर १० लिटरको १० र पिपिई सेट ७००  विभिन्न स्रोतबाट प्राप्त गरेको थियो।

ती स्वास्थ्य सामग्री सम्बन्धित प्रदेश इञ्चार्ज मार्फत पठाइएको सो पार्टीले जनाएको छ। यस्तै, सर्जिकल ग्लब्स ४५  र स्यानिटाइजर २०० रहेका छन्। ती स्वास्थ्य सामग्री पार्टीको प्रवास समन्वय समितिबाट प्राप्त भएका सामग्री हुन्।

यस्तै, स्वास्थ्य विभागर संगठनबाट प्राप्त सर्जिकल मास्क आठ हजार २००, पीपीइ गाउन ४०० लगायतका स्वास्थ्य सामग्री पठाइएको छ।

सो अवसरमा अध्यक्ष दाहालले सहयोग उपलब्ध गराइदिने छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताप्रति पार्टीको तर्फबाट धन्यवाद दिएका थिए।

कोरोना महामारीको विषम परिस्थितीमा आम जनस्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान पु-याउन गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले कोरोना सङ्क्रमित सबैको स्वास्थ्यको कामना समेत गरेका थिए। रासस

प्रकाशित मिति: : 2021-06-07 19:26:00

प्रतिकृया दिनुहोस्