जुम्ला कारागारका संक्रमित कैदीको मृत्यु

File photo
File photo

जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 

जुम्ला तिला गाउँपालिका १ का ७६ वर्षीया एक पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भटट्टराइले दुई दिनदेखि आईसीयूमा उपचार गराइराखेका कैदीको मृत्यु भएको हो। 

'संक्रमित जेलबाट आउनु भएको कैदी हो,' उनले भने, 'दुई दिनदेखि आईसीयूमा राखेर उपचार भइराखेको थियो। सोमबार उपचारका क्रममा उहाँकाे मृत्यु भयो।' संक्रमितमा सामान्य दम देखिएता पनि बचाउन नसकिएकाे उनले बताए। 

जिल्ला कारागार जुम्लाका कोरोना लक्षणका बिरामी देखिएपछि अस्पतालले पिसिआर परिक्षण गरेको थियो। जसमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

मृतक बाहेक अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको डिएसपी दानबहादुर थापाले बताए। 'मृतकलाई संक्रमणको शुरुवात देखि नै अस्पताल लगेर अक्सिजन दिइएको थियो,' उनले भने, 'चिकित्सककाे निगरानीमा आइसियुमा राखेर उपचार गर्दा पनि बचाउन सकिएन।'

उनका अनुसार कैदी संक्रमितलाई अस्पतालमा कडा सुरक्षा दिएर उपचार गरिएकाे थियाे। बढी उमेरका साथै दमको रोगी भएकाले बचाउन कठिन भएको उनले सुनाए। 

उनकाे मृत्युसँगै जुम्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ। जुम्ला बाहिरको तीन गरेर हालसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जनाको मृत्यु भइसकेको छ।

मृत्यु हुनेहरुमा कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका दुई, सुर्खेत घर भइ कालिकोटमा व्यवसाय सञ्चालन गर्दै आइरहेका एक, जुम्लाको हिमा गाउँपालिकाका एक, तिलाका र गुठिचौर गाउँपालिकाका एक एक जना छन्।

जुम्लामा बैशाख ८ गते देखि हालसम्म ५ सय ५ जना संक्रमित भएका छन्। जसमध्ये २ सय ९१ जना निको भएर घर फर्किएका छन् भने ३४ जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ।

प्रकाशित मिति: : 2021-06-07 21:00:00

प्रतिकृया दिनुहोस्