प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपालले अघि सारेका शर्त स्वीकारेर एमाले एकताबद्ध हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई अस्वीकार गर्दै नेपालले चार पृष्ठको 'काउन्टर प्रेस विज्ञप्ति' जारी गरिएकोप्रति थापाले ट्वीटरमार्फत टिप्पणी गरेका हुन्।
थापाले लेखेका छन्, ' यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो!'
थापाले अब जेठ २ को रटानको अध्याय सकिएको पनि बताएका छन्। उनले लेखेका छन्, 'अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।'
उनले भनेका छन्, 'अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ,असंभव कोशिस छोडौँ।'
यस्तो थियो माधव नेपालको शर्त–