४३४४ जना कोरोना सङ्क्रमित थपिए, ८१ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज ५ हजार ७६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ८१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार १७९ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-09 16:58:00

प्रतिकृया दिनुहोस्