थप ३७४९ जनामा कोरोना संक्रमण, ५२९३ जना निको

मुलुकभरि पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जना कोरोना सङ्क्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख १ हजार ६८७ पुगेको छ।

यस्तै आज ५ हजार २९३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या ५ लाख १५ हजार ५९१ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ५९ जनाको निधन भएको छ। योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार २३८ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-10 17:33:00

प्रतिकृया दिनुहोस्