ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने निर्णय फिर्ता लिन माग

RSS
RSS

ट्रान्सरेन्सी इन्टरनेशनल नेपालले आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको  बुँदा नं १९९ फिर्ता लिन सरकारसँग माग गरेको छ। 

सो बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ।’ भन्ने उल्लेख छ।  उल्लेखित विषयमा आफ्नो ध्यानआकृष्ट भएको जनाउँदै सो सस्थाले आज यहाँ विज्ञप्ति प्रकाशित गरी सो माग गरेको हो।

'यस बुँदाका सम्बन्धमा विभिन्न विज्ञहरूले विभिन्न सञ्चारमाध्यमबाट चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा दोहन कार्यले त्यस क्षेत्रमात्र नभै नेपालको सम्पूर्ण तराई क्षेत्रमा नै वातावरणीय समस्या आउने र यसले जलवायुमा पनि प्रतिकूल असर पुर्याई डरलाग्दो बाढीपहिरो र तराईका खेत कटानसमेतको जोखिम बढाउने, तापक्रम बढाउने, बालुवा बगाई तराईको उर्बरभूमिलाई बन्जर अर्थात् मरुभूमीकरण गर्ने र अन्ततः यस दोहन कार्यले पर्यावरणीय इकोसिस्टम र जैविक विविधतामा नै प्रतिकूल प्रभाव पार्ने कुराहरू आएका छन्। चुरे दोहनले नेपाललाई मात्रै होइन, छिमेकी देश भारतको गंगा बेसिन क्षेत्रमा समेत नकारात्मक असर पुर्याउन सक्ने देखिन्छ' ट्रान्सरेन्सी इन्टरनेशनलका अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ। 

चुरेको खोंच र भावर क्षेत्रमा अवैध र अनियन्त्रित हिसाबले चलेका क्रसर उद्योगहरूबाट अत्यधिक दोहन भइ मुलुकको पर्यावरण बिग्रिएको पनि विज्ञप्तिमा जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-10 22:26:00

प्रतिकृया दिनुहोस्