नागरिकता अध्यादेश : सर्वोच्चको आदेशले जसपा नेतालाई नैतिक संकट

रातोपाटी

काठमाडौं

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपछि जनता समाजवादी पार्टी (महन्थ ठाकुर) पक्ष नैतिक संकटमा फसेको छ । अध्यादेशमार्फत नागरिकतासम्बन्धी माग पूरा भएको भन्दै सरकारमा सहभागी बनेका नेताहरूमाथि अब सरकारमा बसिराख्ने औचित्य सकिएको विश्लेषण हुन थालेको छ ।

विहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश जारी गरेपछि जसपाका मन्त्रीहरुलाई नैतिक संकट परेको हो । अब  जसपाका नेताहरुले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने आवाज उठ्न थालेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर स्वयंले अदालतको आदेशप्रति असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले त्रुटीपूर्ण निर्णय गरेको जसपा नेताहरुको प्रतिक्रिया छ ।

प्रकाशित मिति: : 2021-06-11 20:31:00

प्रतिकृया दिनुहोस्