कोरोना अपडेटः ३३८४ जनामा संक्रमण, ६१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा ६ हजार २९५ निको भएका छन्।

पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ८ हजार ३६६ जना पुगेको छ।

प्रकाशित मिति: : 2021-06-12 17:04:00

प्रतिकृया दिनुहोस्