गोरु काटेका अभियोगमा दश युवा पक्राउ

File photo
File photo

गोरु काटेका अभियोगमा गलकोट  नगरपालिका –११ ठुलपोखरका दश युवा पक्राउ परेका  छन्। 

पक्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय  लालबहादुर श्रीष, ३२ वर्षीय  मोहनश्रीष, ३८ वर्षीय  तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष  छन्। 

यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय  मनोज श्रीष,  ४१ वर्षीय झम काउच , २८ वर्षीय  बल बहादुर बि.क  र ४४ वर्षीय वेलबहादुर श्रीष छन्।

शुक्रबार राति  गलकोट –११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेरमासु खाएको भन्ने सूचनाका आधारमा  उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आज उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको  कार्यालयका प्रहरी नायवउपरीक्षक  इकवाल हवारीले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-12 18:11:00

प्रतिकृया दिनुहोस्