यी हिरोहरू जसले मैदानमै ढलेका इरिक्सनको ज्यान बचाए

रातोपाटी

काठमाडौँ

आइतबार डेनिस पत्रिकाले लेखेजस्तो ‘डेनमार्क हा¥यो, जीवनले जित्यो  ।’ निकै कठिन रातमा अन्ततः कोपेनहेगनले राहतको सास फे¥यो । युरोकपअन्तर्गत फिनल्यान्डविरुद्धको डेनमार्कको सुरुवाती  खेलमा घाइते भएका क्रिस्टियन इक्सिन होशमा आए र उनको अवस्था ‘स्थिर’ बन्योे । उनी आसपास रहेकाहरूले निकै तीव्र रूपमा काम गरेका थिए । त्यही तीव्रताले पनि सायद यी मिडफिल्डरको ज्यान जोगाएको हुनसक्छ । इरिक्सनलाई सहयोग गर्न ती खेलाडी, स्वास्थ्यकर्मी र अधिकारीहरू कसरी अघि सरे ? यसबारे चर्चा गरौँ ।
पहिलो दृश्यमा सिमो  क्येर र डेनमार्कका खेलाडीहरू छन् । थ्रो ई रिसिभ गर्न खोज्दा इरिक्सन ढलेपछि कोपेनहेगन पार्केन रङ्गशालमा काम्न थाल्यो ।

डेनमार्कका कप्तान सिमोन क्येर दृश्यमा देखिएका पहिलो खेलाडी थिए । उनले इरिक्सनको एयरवेजलाई सफा गर्न खोजे । दुवै टोलीका खेलाडीहरूले हतार गर्न मेडिकल स्टाफलाई आग्रह गरे । 

उनलाई जोगाइयो तर त्रस्त अवस्थामा रहेका इरिक्सनका साथीहरू उनी वरपर घेरा हालेर बसे । खेल हेरेर बसेका १५ हजार २ सय समर्थक र टेलिभिजनमार्फत खेल हेर्ने दशौँ लाखसामु केही गोपनीयता रहोस् भन्ने उनीहरू चाहना थियो । 

प्रकाशित मिति: : 2021-06-14 08:58:00

प्रतिकृया दिनुहोस्