१९ घन्टादेखि  राप्ती नदीको टापुमा फसेका ४ जनाको सशस्त्रले गर्यो उद्दार 

दाङको राप्ती नदी बिचको टापुमा १० घण्टादेखि फसेका ४ जनालाई सशस्त्र प्रहरी बलले उद्दार गरेको छ।

दाङको लमही नगरपालिका ७ हसनापुर र राजपुर गाउँपालिका २ बेलास्थित राप्ती नदीको बिच टापुमा हिँजो दिउँसो २ बजेबाट फसेकाहरुको उद्दार गरिएको हो।

टापुको दुबै तिर राप्तीको नदी बग्ने र बिचमा रहेको टापुमा दिउँसो गाईबस्तु चराउन पुगेका उनीहरु अबिरल बर्षासंगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाइबस्तुसंगै अलपत्र परेका थिए।

उद्दार गरिएका व्यक्तिहरु लमही ७ बस्ने बर्ष ४८ को मन्सराम चौधरी, राजपुर २ बस्ने बर्ष ५० कि साबित्री यादव, सोहि ठाँउ बस्ने बर्ष २६ को राधेश्याम यादव र राजपुर ३ बस्ने बर्ष २५ को गणेश यादव रहेका छन्।

राति ९ बजे उनीहरु फसेको जानकारी आएपनि रातको समयमा पानीको अत्यधिक बहाबका कारण उद्दारमा कठिनाइ भएको थियो।

आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरीउपरिक्षक टोप बहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलबस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्माकोको कमान्डमा गएको विपद व्यवस्थापनसहितको टोलीले ९ बजे चारै जनाको उद्दार गरी घर पठाएको हो।

उनीहरुले चराउन लिएर गएका गाइबस्तु चाहिं सोही टापुमा रहेका छन्।

प्रकाशित मिति: : 2021-06-16 10:44:00

प्रतिकृया दिनुहोस्