कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठ  भन्छन्- निषेधाज्ञा पूर्ण पालना भएको छ (भिडियाे) 

Breaknlinks
Breaknlinks

कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै ठाउँ-ठाउँमा निषेधाज्ञा जारी भयो। बैशाख १६ देखि कास्कीमा पनि निषेधाज्ञा जारी छ।

बैंक तथा वित्तिय संस्था समय तोकेर खोल्नेदेखि केही सहज हुने गरि असार ७ सम्मको लागि कास्कीमा निषेधाज्ञा छ। गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा सुरुदेखि नै निषेधाज्ञा पूर्ण रुपमा पालना भएको जिल्ला प्रहरी कास्कीका प्रमुख जीवन श्रेष्ठले बताए।

ठाउँ-ठाउँमा विभिन्न चेक पोइन्ट खडा गरेरं जिल्ला प्रवेश गर्ने ठाउँमा सोधपुछदेखि बजार एरिया, बढी बस्ति भएको ठाउँमा पनि चेक पोइन्ट राखेर निषेधाज्ञा पूर्ण रुपमा पालना गराइएको उनले बताए।

‘पैदल यात्री र सवारी साधनमा हिँड्नेलाई के कामले हिँड्नु भएको हो ? सूचनामा उल्लेख भए अनुसार हिँड्न पाउने हो कि होइन। जान पाउनेलाई दिने। नपाउनेलाई फर्काएका छौ,’ उनले भने, ‘अहिलेसम्म कास्कीमा धेरै नागरिकहरुले निषेधाज्ञा पालना गरिरहनु भएको छ।  यदाकदा सवारी साधन लिएर हिँड्नु भएको छ। त्यस्ता सवारीलाई हामीले कारबाही पनि गरेका छौं।’

अनावश्यक रुपमा बन्द गर्नुपर्ने समयमा खोलिएका पसलहरु, खोलिएका तालिमप्रदायक संस्थालाई पनि समाएर कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको उनले बताए।

निषेधाज्ञा जारी भएको समयमा पनि बाटोमा सवारी साधनको चाप बढी देखिए पनि अत्यावश्यक बाहेकका काममा कोही पनि नहिँडेको उनले ठम्याई छ।

‘सरसर्ति हेर्दा आजभोलि अलि बढी साधन हिँडेका हुन् कि जस्तो पनि लाग्छ। तर, ती सवारी साधन अत्यावश्यक काममै हिँडेका छन्। जस्तो कोही कोभिडको बिरामी बोकेर हिँडी रहेकोछ, आफन्त भेट्न। कोही बैंकको कामले,’ उनले भने, ‘त्यसको लागि एउटा समय तोकेका छौं। त्यो कामको लागि जाँदै हुनुहुन्छ। त्यस्तै, स्वास्थ्यकर्मीहरु हुनुहुन्छ। कर्मचारी हुनुहुन्छ। ति व्यक्तिहरु बाहेक अन्य व्यक्तिलाई हामीले रोक्ने। सम्झाउने। आवश्यक पर्यो भन्ने नमान्नेलाई सम्झाउने ? आवश्यक पर्याे भने नमान्नेलाई कारबाही पनि गर्ने गरेका छौं।’

पहिलो लहर सुरु भएलगत्तै कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका श्रेष्ठले सर्वसाधारण आफैं सचेत भएको बताउँछन्।

स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले स्वास्थ्य मापदण्ड अपनाउन प्रोटोकल जारी गरेपछि विभिन्न चेतनामूलक कार्य गर्ने, माइकिङ गर्ने, पर्चा पम्प्लेट बाड्ने काम प्रहरीले टोल टोलमा गरेको उनले बताए।

‘रेडियो, टेलिभिजन, पत्रपत्रिकाबाट पनि अनावश्यक हिँडडुल नगर्नुस्, मास्क लगाउनुस्, सेनिटाइजर प्रयोग गर्नुस् भनेर भनि रहेको अवस्था छ। धेरै काममा हिँडीरहनु भएको छ,’ उनले भने, ‘केहीले लापरबाही पनि गर्नु भएको छ। विभिन्न संघ-सस्थाले पनि चेतनामूलक कार्य गर्ने काम गरिरहनु भएको छ। अहिले सबै जना सचेत नै हुनुहुन्छ।’

प्रकाशित मिति: : 2021-06-16 13:51:00

प्रतिकृया दिनुहोस्