पर्सामा फलामको गेटमा च्यापिएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
धोबिनी गाउँपालिका(३ गुलरिया बस्ने साहेब पटेलकी छोरी ६ वर्षीया मिरा कुमारी पटेलको आफ्नै घरको कम्पाउण्डमा रहेको फलामको गेटमा च्यापिएर मंगलबार साँझ मृत्यु भएको हो।
गेट नजिकै खेलिरहेको अवस्थामा हावाहुरीको कारण गेट लडेर मिरा च्यापिँदा गम्भीर घाइते भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।