दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

Symbolic photo
Symbolic photo

मोरङमा दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-16 16:38:00

प्रतिकृया दिनुहोस्