रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन्।
कप्तान रामोसले बुधबार क्लब छाडेका हुन्। रियलले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै रामोसको बिदाई गर्दैछ।
क्लबसँग रामोसको समझौता यहिँ जुनको अन्त्यबाट सकिदैछ।
३५ वर्षीय डिफेन्डर रामोसले रियलमा १६ वर्ष बिताए। यस अवधिमा उनले क्लबका ६ सय ७१ खेल खेलेका छन्।