माधव नेपाललाई ‘ट्रयाप’मा पार्ने ओलीको तयारी

रातोपाटी

काठमाडौँ

‘बालुवाटारमा अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको मागअनुसार २०७५ जेठ ३ अघिकै पार्टी संरचनाका आधारमा बैठक बोलाउँदै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘त्यो बैठकमा माधव नेपाल आउँछन् कि आउँदैनन् ? आएनन् भने ट्रयापमा पर्छन्।’

जेठ ३ अघिको संरचनाअनुसार बैठक बस्नका लागि अध्यक्ष ओलीले आफ्नोतर्फबाट गर्नुपर्ने तयारी तीव्र बनाएका छन्। तयारी सक्नेवित्तिकै बैठकको मिति तोक्ने ओलीको योजना छ।

तर, बैठकअघि ओलीले असन्तुष्ट पक्षसँग छलफल गर्न चाहेका छन्। सोही योजनाअनुसार सोमबार बिहान एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच करिव चारघण्टा छलफल भएको थियो।

गौतमसँग कुराकानी गर्न पौडेल भैंसेपाटीस्थित आफ्नै घरको नजिक रहेको गौतमनिवासमा छिरेर पार्टीको आन्तरिक विवादबारे लामो कुराकानी गरेका थिए। पौडेल र गौतमबीच खासगरी नेकपा एमालेलाई जेठ २ मा फर्काउने, तर कसरी ? भन्ने विषयमा कुराकानी भएको थियो।

प्रकाशित मिति: : 2021-06-17 08:29:00

प्रतिकृया दिनुहोस्