नेदरल्यान्ड्ससँग अष्ट्रिया पराजित

Photo : Getty image
Photo : Getty image

युरोकप फुटबलमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो।

खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए। नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक-एक गोल गरे।

यस जितसँगै समूह 'सी' मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ। नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो।
 

प्रकाशित मिति: : 2021-06-18 06:46:00

प्रतिकृया दिनुहोस्