२७६८ जना कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १३ हजार ३७ नमूना परीक्षण गर्दा २ हजार ७६८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । ती मध्ये ५ लाख ४९ हजार ६८२ जना सङ्क्रमणमुक्त भएको छन्।

त्यसैगरी पछिल्लो २४ घन्टामा ४ हजार २० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४४ जनाको ज्यान गएको छ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ८ हजार ६४१ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-18 17:06:00

प्रतिकृया दिनुहोस्