पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

बिएल संवाददाता

सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम  रहेको जनाएको छ।

आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको  छ।

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ।रासस

प्रकाशित मिति: : 2021-06-19 18:58:00

प्रतिकृया दिनुहोस्