यी हुन् ‘ह्यान्ड रोल्ड सिगरेट’ का नेपाली कलाकार विपिन कर्मा

हिमाल खबर

काठमाडौँ

हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका विपिन कर्माले पहिलो फिल्ममै उम्दा अभिनय गरेका छन्।

अहिले हङकङको फिल्म क्षेत्रमा नेपाली युवा विपिन कर्मा (२४) चर्चामा छन्। उनको प्रमुख भूमिका रहेको चिनियाँ फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’को प्रदर्शन शुरू भएसँगै नेपाली समुदाय हलसम्म पुगिरहेका छन्।

चान किङ लङद्वारा निर्देशित क्यान्टोनिज भाषाको यो फिल्मका दुई प्रमुख पात्रमध्ये एउटाको भूमिकामा विपिन छन्। फिल्ममा दक्षिण एसियाली पात्र मणिको भूमिकामा उनको अभिनय उम्दा छ।

पहिलो फिल्ममै हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका उनी फिल्म प्रदर्शनमा आएसँगै सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त छन्। फिल्म प्रदर्शनमा आउनुअघि नै उनको चर्चा शुरू भइसकेको थियो।

प्रकाशित मिति: : 2021-06-20 06:16:00

प्रतिकृया दिनुहोस्