नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएकाे छ। उनकाे कोरोनाबाट निधन भएकाे हाे।
सुर्खेत घर भएका विष्टलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएकाे हाे।
उनी लामो समयसम्म नेपाली कांग्रेस सुर्खेतका सभापति थिए। उनी २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीसमेत बनेका थिए ।