दलित भन्दै काेठा नदिने घरबेटी पक्राउ

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

दलित भएकै कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्।

काठमाडौंको बबरमहलबाट प्रधान थर गरेकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो। 

घरबेटीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले शुक्रबार नै अनुमति दिएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशाेक सिंहले बताए। 'सोही अनुमतिका आधारमा प्रधानलाई पक्राउ गरेका हौं' उनले भने।  

बबरमहलमा आमासँग बस्दै आएकी रूपा कोठा खोज्न जाँदा थरका कारण पाएकी थिइनन्। उनले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।

प्रकाशित मिति: : 2021-06-20 12:25:00

प्रतिकृया दिनुहोस्