होटल तथा पर्यटन व्यवसायी संघले आइतबार वीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीलाई विभिन्न कर मिनाहको माग गर्दै ज्ञापन पत्र बुझाएको छ।
कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका होटेल तथा पार्टी प्यालेसलाई राहत स्वरुप कर मिनाह हुनुपर्ने संघका अध्यक्ष हरि पन्तको भनाइ छ।
गत वर्षको लकडाउनदेखि नै पूर्ण संचालन हुन नसकेका होटेल तथा पार्टी प्यालेसहरुले महानगरलाई विभिन्न शिर्षकमा तिर्नुपर्ने कर मिनाह गर्न संघले आग्रह गरेको उनले बताए।
लकडाउन अवधिभरको महानगरसंग सरोकार राख्ने होटलको घर कर ,घरबाहल कर, व्यावसायक र सरसफाइ शुल्क मिनाह गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो। संघले होटेलमा काम गर्ने कामदार मजदुरलाई खोपको अनिवार्य व्यवस्था गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ।