टुटल र पठाओ सेवा सञ्चालन हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातिबाट सञ्चालन हुने भएका छन्। 

पठाओ आज रातिबाट र टुटल भोलिबाट सञ्चालनमा आउने भएका हुन्।

सरकारले निजी सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली अनुसार नै टुटल र पठाओलगायत राइड सेयरिङ कम्पनी सञ्चालन हुने भएका हुन्।

सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा दिने कम्पनीले बताएका छन्। यात्रुलाई मास्क अनिवार्य लगाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। 

प्रकाशित मिति: : 2021-06-21 13:57:00

प्रतिकृया दिनुहोस्