मेलम्ची, हेलम्बु र पाँचखाल थाङ्पाललाई कामपाको सहयोग

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ। 

उनीहरुले मेलम्ची नगरपालिकालाई रु दुई करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण गरे।  काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत पुस २१ गते भगिनी सम्बन्ध स्थापना भएको थियो। 

बाढीग्रस्त क्षेत्रको अवलोकनपछि  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यो दुःखद् परिस्थितिमा काठमाडौँ महानगरले यहाँका स्थानीय बासिन्दाको घाउमा मल्हम लगाएको बताए। 

कामपा प्रमुख शाक्यले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पालसँग काठमाडौँ महानगरपालिकाको सम्बन्ध जोडिएको र यहाँको नदीको पानीबाट काठमाडौँबासी तिर्खा मेटाउन आतुर रहेको धारणा राखे। रासस 

प्रकाशित मिति: : 2021-06-21 21:31:00

प्रतिकृया दिनुहोस्