तारकेश्वरका मठमन्दिर मर्मतसम्भार एवं रङरोगन

File photo
File photo

तारकेश्वर नगरपालिकाले नगर क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मठमन्दिरमा मर्मत, सम्भार एवं रङ्रोगन गर्न थालेको छ। 

नगरपालिका वडा नं ४ को प्राचीन वाणेश्वर मन्दिर एवं सामुदायिक भवनको मर्मतसम्भार गरिएको वडाध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए। 
विसं १८७२ मा सरदार बाक्सिङ्सिंह रायले मन्दिर स्थापना गरेका हुन्। 

वाणेश्वरसँगै यस क्षेत्रका पुरानो गुह्येश्वरी, धर्मस्थलीको महादेव मन्दिर, गणेश मन्दिरलगायत पनि मर्मतसम्भार गरिएको छ। नगरपालिकाले रु पाँच लाख लागतमा मन्दिर क्षेत्र मर्मतसम्भार गरेको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिए। 

मन्दिरमा साउन महिनामा लाखौँ भक्तजन आउने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मर्मतसम्भार गरिएको जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-22 19:49:00

प्रतिकृया दिनुहोस्