‘प्रधानमन्त्री नियुक्तिमा संविधानले राष्ट्रपतिको विवेकको अपेक्षा गर्छ, त्यो भएन’

अनलाइनखबर

काठमाडौँ

रघुनाथ बजगाईं

 

वैकल्पिक सरकार गठनको सम्भावना हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेको भनेर राष्ट्रपतिको कदमलाई चुनौती दिंदै १४६ जना सांसदहरु रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । त्यसमाथि आजदेखि अदालतमा निरन्तर सुनुवाइ हुँदैछ ।

यहि मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्दाको प्रक्रियामा समेत प्रश्न उठेको थियो । संवैधानिक इजलास गठन प्रक्रियालाई पारदर्शी बनाउन सक्रिय भएर भूमिका खेलेका सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग गरिएको कुराकानी :

प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइका लागि बेन्च गठनको प्रक्रियामै केही समय खर्च भयो । तपाईंहरु संवैधानिक इजलास वरिष्ठताको आधारमा बन्नुपर्छ भनेर लाग्नुभयो । यसको संवैधानिक मत के हो ?

यसमा दुइटा पाटा छन् । बेन्चले फैसला गर्ने एउटा पाटो भयो । फैसला गर्ने बेन्च गठनको प्रक्रिया अर्को पाटो हो । फैसलामा र प्रक्रियामा पनि विवाद हुनु भएन । प्रक्रिया नै पारदर्शी भएन भने फैसला पारदर्शी हुने सम्भावना हुँदैन । त्यसकारण फैसला आउनुभन्दा अगाडि बेन्च गठनको प्रक्रिया पारदर्शी भयो भने त्यस्तो बेन्चबाट भएको फैसला मुद्दाका पक्षहरुलाई स्वीकार गर्न सहज हुन्छ । मापदण्ड अनुसार बेन्च गठन गर्दा को पर्यो, को परेन भन्ने कुरा गौण भएर जान्छ । ज्येष्ठताको आधारमा गठन गरेपछि कसैलाई पनि कुनै किसिमको प्रश्न गर्ने आधार रहँदैन ।

पहिले जुन संवैधानिक बेन्च गठन भएको थियो त्यसमा ठूलै विवाद सिर्जना भयो । त्यसको प्रमुख कारण वरिष्ठताको आधारमा गठन नगरिनु नै हो । त्यो बेन्चलाई पुनर्गठन नगरिकन यदि निर्णय गराउनुभयो भने त्यो निर्णयमा प्रश्न उठ्न सक्छ । त्यसको स्वीकार्यता रहन सक्दैन । समयमै सचेत भएर सच्याउनुपर्छ भनेर प्रधानन्यायाधीशलाई अनुरोध गर्यौं । उहाँले पनि हुन्छ, तपाईंहरुको त्यही भनाइ छ भने त्यही अनुसार जान्छौं भन्नुभयो र वरिष्ठताको आधारमा इजलास पुनर्गठन भयो ।

प्रकाशित मिति: : 2021-06-23 12:12:00

प्रतिकृया दिनुहोस्