‘एमाले जोगाउन माधव नेपाललाई अर्को अध्यक्ष बनाउन सकिन्छ’

अनलाइनखबर

काठमाडाैं

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको विभाजन रोक्ने पहलकदमीका निम्ति काठमाडौं आएका छन्। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका निकट नेता गुरुङ एमालेका दुवै समूहका अतिवादी सक्रिय भए पनि पार्टी एकता जोगिनेमा विश्वस्त देखिन्छन्।

राष्ट्रिय राजनीति ट्र्याकमा ल्याउन पनि एमालेको एकता अनिवार्य रहेको बताउने गुरुङ अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जुनसुकै शर्तमा एकठाउँ ल्याउने समेत दाबी गर्छन्। ‘विन–विनको सिचुएसन’ नभए द्वन्द्वरत पक्षबीच सहमति हुन नसक्ने तर्क गर्दै गुरुङ भन्छन्, ‘धेरै पर गएपछि मन र विधि प्रक्रियाले पनि फर्कन समय लाग्छ।’

नवौं महाधिवेशनबाट निर्वाचित सचिव गुरुङ एमाले मिलाउन र मिल्दा माधव नेपाल प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष समेत बन्न सक्ने बताउँछन्। ‘अरु पार्टीको (शेरबहादुर देउवा) प्रधानमन्त्री बन्ने स्थिति बन्छ भने बनोस् भन्ने होइन कि माधव नेपाललाई प्रधानमन्त्री दिंदा के बिग्रन्छ ? त्यहाँसम्म पुग्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ म,’ उनी भन्छन्।

अर्को विकल्पमा गुरुङ भन्छन्, ‘हिजो दुई अध्यक्ष हुनुहुन्थ्यो। आज दुई अध्यक्ष हुँदैन भन्ने छ र ! माधव नेपाललाई अर्को अध्यक्ष बनाएर जान पनि सकिन्छ।’

प्रकाशित मिति: : 2021-06-24 20:01:00

प्रतिकृया दिनुहोस्