‘एमाले जोगाउन माधव नेपाललाई अर्को अध्यक्ष बनाउन सकिन्छ’

अनलाइनखबर

काठमाडौँ

राजकुमार श्रेष्ठ/सइन्द्र राई

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको विभाजन रोक्ने पहलकदमीका निम्ति काठमाडौं आएका छन् । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका निकट नेता गुरुङ एमालेका दुवै समूहका अतिवादी सक्रिय भए पनि पार्टी एकता जोगिनेमा विश्वस्त देखिन्छन् ।

राष्ट्रिय राजनीति ट्र्याकमा ल्याउन पनि एमालेको एकता अनिवार्य रहेको बताउने गुरुङ अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जुनसुकै शर्तमा एकठाउँ ल्याउने समेत दाबी गर्छन् । ‘विन–विन’  को सिचुएसन नभए द्वन्द्वरत पक्षबीच सहमति हुन नसक्ने तर्क गर्दै गुरुङ भन्छन्, ‘धेरै पर गएपछि मन र विधि प्रक्रियाले पनि फर्कन समय लाग्छ ।’

नवौं महाधिवेशनबाट निर्वाचित सचिव गुरुङ एमाले मिलाउन र मिल्दा माधव नेपाल प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष समेत बन्न सक्ने बताउँछन् । ‘अरु पार्टीको (शेरबहादुर देउवा) प्रधानमन्त्री बन्ने स्थिति बन्छ भने बनोस् भन्ने होइन कि माधव नेपाललाई प्रधानमन्त्री दिंदा के बिग्रन्छ ? त्यहाँसम्म पुग्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ म’, उनी भन्छन् ।

अर्को विकल्पमा गुरुङ भन्छन्, ‘हिजो दुई अध्यक्ष हुनुहुन्थ्यो । आज दुई अध्यक्ष हुँदैन भन्ने छ र ! माधव नेपाललाई अर्को अध्यक्ष बनाएर जान पनि सकिन्छ ।’

प्रस्तुत छ, गुरुङसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2021-06-24 22:31:00

प्रतिकृया दिनुहोस्