थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि, ५४५५ जना निको 

पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ। योसंगै मृतकको सङख्या ८ हजार ९४५ पुगेको छ।    

प्रकाशित मिति: : 2021-06-25 17:36:00

प्रतिकृया दिनुहोस्