किन अझै सान्दर्भिक छन् अर्वेल?

हिमाल खबर

गणेश खनिया

अर्वेलका सिर्जनामा कला र राजनीतिको मीठो मिश्रण पाइन्छ। उनको भनाइमा हरेक विषय र सोचमा राजनीति जोडिन्छ। ‘राजनीतिसँग कलाको कुनै लेनदेन छैन भन्नु पनि एउटा राजनीतिक दृष्टिकोण नै त हो,’ उनी भन्छन्।

साहित्य लेखनमा कला केवल कलाका लागि हुनुपर्छ भन्ने एकथरी मान्यता छ। कलालाई राजनीतिमा मिसाउनु भनेको कला पक्ष खस्किनु हो भन्ने ठानिन्छ। तर, यो मामिलामा बेलायती लेखक जर्ज अर्वेलको कुरा फरक छ। ‘म किन लेख्छु?’ शीर्षकको निबन्धमा अर्वेल आफ्नो लेखनको अभीष्ट यसरी खुलाउँछन्, ‘राजनीतिक विषयवस्तुलाई कलामा ढाल्न म लेख्ने गर्छु। लेखेरै मिथ्या कुराको पर्दाफास गर्न चाहन्छु।’

अर्वेलका सिर्जनामा कला र राजनीतिको मीठो मिश्रण पाइन्छ। उनको भनाइमा हरेक विषय र सोचमा राजनीति जोडिन्छ। ‘राजनीतिसँग कलाको कुनै लेनदेन छैन भन्नु पनि एउटा राजनीतिक दृष्टिकोण नै त हो,’ उनी भन्छन्।  

राजनीतिक रूपमा सचेत लेखक अर्वेलको समयमा विभिन्न राजनीतिक उथलपुथलका घटना भएका थिए। जस्तै, पहिलो र दोस्रो विश्वयुद्ध, सोभियत संघमा अक्टोबर क्रान्तिपछि आएको कम्युनिष्ट शासन, जर्मनीमा हिटलरको उदय, स्पेनमा फ्रान्सिस्को फ्रान्कोको ज्यादती, बेलायती उपनिवेशको फक्रँदो काल। जसले उनलाई विषयगत रूपमा प्रभावित पार्दै राजनीतिक चाख र सुझबुझ स्वतः बढाइदियो।

प्रकाशित मिति: : 2021-06-26 07:40:00

प्रतिकृया दिनुहोस्