कलाबहादुर

अनलाइनखबर

काठमाडौँ

कलियुग शुरू भइसकेको थियो।

ब्रहृमाजीले सृष्टिको एकाधिकार छोड्नुभएको केही हजार वर्षपछिको कुरो हो। कलि लागिसके पनि मानिसहरूले ब्रहृमाजीको सृष्टि-सत्तामाथि विश्वास गर्न छोडेका थिएनन्।

उहाँ स्वर्गमा स्थायी बसोबास गर्ने गरी पृथ्वीलोकबाट प्रस्थान गर्नुभयो। यात्राका क्रममा कैलाशपर्वत मुन्तिर रहेको गरीब किसानको झुपडीतिर बास बस्न पुग्नुभयो। ब्रहृमाजी आउनुभएको थाहा पाएर चन्द्रमान र उसकी श्रीमती पार्वती औधी खुशी भए।

पार्वती र चन्द्रमानका पाँच सन्तान जन्मे पनि त्यतिबेला कुनै जीवित थिएनन्। दुवैलाई एउटा छोरा भइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। चन्द्रमान र पार्वतीले ब्रहृमाजी घर आउनुभएको मौकाको फाइदा उठाउने विचार गरे। रात्रि खानपानपछि जोईपोईले नै हात जोडी पुत्र प्राप्तिको वर मागे।

प्रकाशित मिति: : 2021-06-26 10:47:00

प्रतिकृया दिनुहोस्