‘महामारीमा विज्ञ र अनुसन्धान संस्थाको भूमिका पनि दयनीय देखियो’

अनलाइनखबर

काठमाडौँ

सागर बुढाथोकी

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ ।

हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे अनुसन्धान गरिरहेका छन् । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्माकोलोजीमा विद्यावारिधि खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालमा दोस्रो लहरमा भएको मृत्यु र संक्रमण स्वाभाविक हो, अन्य देशको तथ्यांकसँग तुलना गर्दा कस्तो अवस्था देखिन्छ ?

अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालमा जम्मा मृत्युदर १.४ प्रतिशतको हाराहारीमा छ । साढे ६ लाख जति जम्मा संक्रमित हुँदा करीब–करीब ९ हजारको मृत्यु भएको छ ।

अप्रिल १ को मितिलाई यो पछिल्लो लहरको शुरुआत मान्ने हो भने पछिल्लो समयमा देखिएको संक्रमितको संख्या र मृत्युदर दुवै पहिलेको भन्दा निकै उच्च देखिएको छ ।

यो पछिल्लो चरणमा मात्रै साढे ३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने करीब ६ हजारको मृत्यु भएको छ । पछिल्लो चरणको मात्र मृत्युदर केलाउँदा यो १.७ प्रतिशत देखिन्छ । विगतमा जस्तै अहिले पनि रेकर्ड गर्न छुटेका मृतकको संख्या पछि जोडिएमा अझै उल्लेख्य वृद्धि हुने सम्भावना छ ।

प्रकाशित मिति: : 2021-06-27 18:20:00

प्रतिकृया दिनुहोस्