भीडभाड बढ्दो छ, कोरोनाबाट कसरी जोगिने ?

अनलाइनखबर

काठमाडौँ

प्रेम लामा

काठमाडौं उपत्यकामा मंगलबारदेखि जोरविजोर प्रणालीअनुसार ठूला बसहरू चल्दैछ ।  कोरोना संक्रमणको दोस्रो लहर सुरू भएपछि १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि ७ असारदेखि निजी सवारी चल्यो भने मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुनेछ ।

निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा माथि नै छ । सोमबार ११ हजार ६४० नमुना (आरटी–पीसीआर र एन्टिजेन) परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना गरी कुल ५१४ जनामा मंगलबार संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चारसाताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण दर २० प्रतिशतभन्दा माथि नै छ । जोखिम अझै कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड राम्ररी पालना नभए तेस्रो लहर आउन सक्ने चेतावनी जनस्वास्थ्य विद्हरुले दिइरहेका छन् ।

निषेधाज्ञा खुकुलो हुँदा कोरोना संक्रमणबाट के–कसरी बच्न सकिन्छ ? संक्रमणको जोखिम कस्तो छ ? यसको रोकथाम तथा नियन्त्रणका लागि राज्य र नागरिकको भूमिका कस्तो हुनुपर्छ भनेर संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2021-06-28 22:25:00

प्रतिकृया दिनुहोस्