जबरजस्ती करणी गरेको अभियोगमा गौरादहका एक युवा पक्राउ

Symbolic photo
Symbolic photo

तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गौरादह नगरपालिका -८ का २७ वर्षीय देव मुर्मुलाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले मंगलबार राति  पक्राउ गरेको हो।

मुर्मुले ती किशोरीलाई शुक्रबार बेलुका बिर्तामोड नगरपालिका-७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा लगेर जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका मुर्मुलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-30 13:39:00

प्रतिकृया दिनुहोस्