मञ्जुरीबिना फोन रेकर्ड गरेर फसाउन खोजेको भन्दै रूपा सुनारविरुद्ध सरस्वतीले दिइन् उजुरी

जातीय छुवाछुतको आरोप लागेकी सरस्वती प्रधानले आफूले छुवाछूत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै रूपा सुनारलगायतलाई कारबाहीको माग गरेकी छन्।

प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार निवेदन दिँदै सञ्चारकर्मी सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेदको व्यवहार नगरे पनि आफूमाथि षड्यन्त्र गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी हुन्।

यसअघि रूपा सुनारले प्रधानले आफूमाथि जातीय विभेद गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सोही आधारमा उनलाई  प्रहरीले पक्राउ गरको थियो।

पक्राउ परेकी उनलाई प्रमाण नपुगेपछि प्रहरीले रिहा गरेको थियो।

प्रकाशित मिति: : 2021-06-30 19:05:00

प्रतिकृया दिनुहोस्