शिक्षामन्त्री श्रेष्ठकाे राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामाकाे माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ। 

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेदका आधारमा आफ्नो घरमा कोठा नदिएपछि पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई  छुटाएर सरकारी गाडीको दुरुपयोग गरी मन्त्री श्रेष्ठले विभेदलाई संरक्षण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी निकट शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले बुधबार प्रदर्शन गरेकाे हाे। जातीय विभेदलाई राज्यले नै संरक्षण गर्न खोजेकाे उनीहरुको आरोप छ। 

जातीय विभेद गरेर रिहा भएकी प्रधानलाई मन्त्रीले नै संरक्षण गर्नु समुदायमा सम्प्रदाय भड्काउनु भएको समितिका अध्यक्ष तथा जसपाका केन्द्रीय सदस्य दल मर्दन कामीको भनाइ छ। 

‘मन्त्रीले नै जातीय विभेदलाई संरक्षण गर्नु निक्कै गलत कुरा हो, समस्या समाधान गर्नुको साटो सरकारी पदको दुरुपयोग गरी विभेदलाई संरक्षण गर्ने मन्त्री कृष्णगोपाललाई तत्काल कारवाही गर्नुपर्छ’ अध्यक्ष कामीले भने।

प्रकाशित मिति: : 2021-06-30 20:55:00

प्रतिकृया दिनुहोस्