‘देउवाजीलाई हराउन सक्ने उम्मेदवार मै हुँ’

शशांक कोइरालाको प्रस्ताव : शेखर दाइ यसपटक बस्नुस्, प्रकाशमानजी प्रधानमन्त्री हुनुस्

अनलाइनखबर

काठमाडौं

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये एक हुन् महामन्त्री डा. शशांक कोइराला।

सभापति शेरबहादुर देउवा चुनावी मैदानमा होमिसकेका छन् भने संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन्। कोइराला परिवारबाटै डा.शेखर पनि सभापतिका दावेदार हुन्।

तर वीपी कोइराला पुत्र महामन्त्री शशांकको दाबी छ, ‘शेरबहादुर देउवालाई म बाहेक अरुले हराउन सक्दैन, पार्टीलाई एकढिक्का बनाउन म सभापति हुनुपर्छ।’ रामचन्द्र पौडेल, प्रकाशमान सिंह मात्र होइन, दाजु डा. शेखरलाई समेत मनाएर आफू सभापतिको उम्मेदवार बन्ने र देउवालाई हराउने उनको दाबी छ।

प्रस्तुत छ, कांग्रेसको आसन्न महाधिवेशन, नेतृत्व चयन र पार्टी एकतावद्ध गर्ने महामन्त्री कोइरालाको योजनाबारे अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

महामन्त्रीको झण्डै साढे ५ वर्षको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

आजको मितिसम्म मैले पार्टी सभापति शेरबहादुर देउवाको कहिल्यै विरोध गरेको छैन। चुनावमा नेपाली कांग्रेस हारेपछि उहाँको धेरै आलोचना भयो, मैले महामन्त्रीका रुपमा उहाँको बचाउ नै गरेँ। त्यसपछि उहाँको विरोध गरिनँ।

किनकी कांग्रेस पराजय हुनुका धेरै कारणमध्ये गुट–उपगुट पनि एउटा थियो। र, पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने मेरो प्रयास थियो। तर अब मैले सत्य बोल्नैपर्छ, उहाँले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्नुभएन। मेरो मान्छे, तेरो मान्छे गर्नुभयो, टिकट वितरणमा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिनुभयो। मेरो चाहना विकेन्द्रीकरणको सिद्धान्त अनुसार तलबाटै सल्लाह लिनुपर्छ भन्ने थियो। तर केन्द्रबाट टिकट दिइयो। त्यसले पनि असन्तुष्टि बढ्यो।

प्रकाशित मिति: : 2021-07-01 09:09:00

प्रतिकृया दिनुहोस्