ह्वासिन सिमेन्ट उद्योगमा बाढीले क्षति

File photo
File photo

नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थानस्थित ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पु¥याएको छ। 

कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो। उद्योगको छेउछाउमा भएको सामान बगाएको छ। उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताइन्। 

सो स्थानमा रहेको सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ। अरु दुई होटलमा पनि बाढी पसेको छ। सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्याइएको प्रहरीले जनाएको छ।  

निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। क्षतिको यकिन विवरण आउन बाँकी छ। अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्याएको थियो। रासस 

प्रकाशित मिति: : 2021-07-01 13:50:00

प्रतिकृया दिनुहोस्