त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध

File photo
File photo

गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–भैंसे सडकखण्ड अवरुद्ध भएको छ। 

भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौँडाबाट जाने र भैंसे हुँदै हेटौँडा आउने यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

त्यस्तै भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडक पनि बिहीबारदेखि नै अवरुद्ध रहेको छ। भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण पहिरो हटाउन समस्या भएकाले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए। 

कान्ति लोकपथअन्तर्गत पर्ने भिमफेदी–८ गगंटेमा पनि पहिरो जाँदा हिजोदेखि नै यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-02 11:49:00

प्रतिकृया दिनुहोस्