क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन्।
नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
प्रजिनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई फरार भएका थिए।
गत वैशाख १३ गते सुचना पाएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई काभ्रे बनेपा नगरपालिका(२ दाहालगाउँबाट फेला पारी पक्राउ गरेको हो।
प्रजिनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडालगायतका मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीले बताएको छ।
प्रजिनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।