काकाले चलाएको ट्याक्टरले किचेर भतिजाको मृत्यु

काकाले चलाएको ट्याक्टरले किचेर मोरङको केराबारी गाउँपालिकामा शुक्रबार बिहान भतिजाको मृत्यु भएको छ।

वडा नं ३ स्थित आफ्नै घरको आँगनमा रोकेर राखेको प्र.न.१-०-२००३ प ७४५ नम्बरको ट्याक्टरको ठक्करबाट दाजु दिपेन श्रेष्ठको छोरा दिवाङ्सु श्रेष्ठको मृत्यु भएको हो। 

बिहिबार साँझसम्म खेतबारी जोतेर आफ्नै घर अगाडी राखेको छिमेकी भक्त श्रेष्ठको ट्याक्टर शुक्रबार बिहान सबेरै मृतकका काका सुनिल श्रेष्ठले घरको आगनबाट हटाउन खोज्दा एक्कासी ट्याक्टरको टाउकोले लागेर घरको सिकुवामा खेलिरहेका भतिजालाई ठक्कर दिँदा मृत्यु भएको हो।उनी केयु एकेडेमीमा कक्षा एलकेजीमा अध्ययन गर्दै आएका थिए।

सधै टेम्पो चलाउँदै आएका सुनिलको टेम्पो निकाल्न ट्याक्टर व्याक गर्न नसकेपछि अगाडीबाट घुमाउने प्रयास गर्दा एक्कासी ट्याक्टरको टाउको हुतिएर अगाडी वढ्नसाथ बलेसीमा हजुरबुबाहरुसंगै खेलिरहेका बालकलाई ठक्कर दिएको र घाइते उनलाई तत्काल उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको इप्रका केराबारीका इन्चार्ज शेरवहादुर पराजुलीले बताए।

घट्नापछि इप्रका बेलबारीबाट प्रहरी इन्चार्ज सहित खटिएको टोलीले मुचुल्का तयार गरी सवारी साधनलाइ नियन्त्रणमा लिई कार्वाहीका लागि अघि बढाएको र शव पोष्टपार्टम गरी दाहसंस्कार समेत गरिएको बताइएको छ।

प्रकाशित मिति: : 2021-07-02 18:59:00

प्रतिकृया दिनुहोस्