‘पोष्ट-कम्युनिष्ट युग’ मा दलीय पुनर्गठनको प्रवृत्ति

अनलाइनखबर

काठमाडाैं

अंग्रेजीको ‘पोष्ट-कम्युनिष्ट इरा’ लाई नेपालीमा ‘उत्तरसाम्यवादी युग’ भन्नुपर्ने होला। यस्तो अनुवाद, अर्थ र शब्दावलीको लय खासै मिले जस्तो लाग्दैन। अंग्रेजीमा यसको अर्थ, सन्दर्भ र लय जति सहज छ, नेपालीमा फिटिक्कै छैन। ‘पोष्ट-कम्युनिष्ट इरा’ युरोपेली राजनीतिमा सर्वसम्मत शब्दावली हो, ‘उत्तरसाम्यवादी युग’ नेपालका लागि एक विवादास्पद अवधारणा।

सन् १९१७ को रूसी अक्टोबर क्रान्तिपछि पहिलो पटक विश्व राजनीतिमा ‘सोभियत प्रणाली’ स्थापित भयो। केही वर्षअघि आफ्नो पुस्तक ‘समाजवादको यात्राः युटोपियादेखि चौथो आयामसम्म’ लेख्ने क्रममा मैले ‘सोभियत प्रणाली’ अर्थात् ‘एकदलीय कम्युनिष्ट शासन’ चलिसकेका वा चलिरहेका देशहरूको संख्या ४६ गनेको थिएँ। तर, त्यो साम्यवादी शासन चलेर टुक्रिएका र सोभियत प्रणालीको प्रभावमा अन्य दलका ‘एकदलीय शासन’ चलेका देश समेतको संख्या थियो।

जस्तो कि युगोस्लाभियामा मार्सल टिटोले लामो साम्यवादी शासन चलाए। अन्ततः त्यो टुक्रिएर सात वटा बोस्निया-हर्जगोभिना, क्रोएशिया, कोसोभो, मन्टेनिग्रो, मेसिडोनिया, सर्विया र स्लोभानिया बने। चेकोस्लोभाकिया टुक्रिएर दुई देश चेक गणतन्त्र र स्लोभाकिया बन्यो। सोभियत संघ टुक्रिएर १५ वटा देश बने। पूर्वी जर्मनी र पश्चिम जर्मनी एक भइसक्यो। तर, मैले पूर्वी जर्मनीलाई भिन्नै गनेको थिएँ।

प्रकाशित मिति: : 2021-07-04 10:30:00

प्रतिकृया दिनुहोस्