बुटवलबाट चार दिनमा आइपुगे चितवन, काठमाडौं पुग्ने त कहिले हो कहिले!

राजेश घिमिरे

गम्भीर खान असार १६ गते बुधबार बिहान बुटवलबाट एक ट्रक आँप बोकेर काठमाडौंका लागि निस्किए। दस टन काँचो आँपले भरिएको उनको ट्रक दाउन्नेमा रोकियो। अविरल वर्षाका कारण सडक बिग्रिएपछि उनी ‘ट्राफिक जाम’मा परे। उनको त्यो रात दाउन्नेको सडकमै बित्यो।

भोलिपल्ट नवलपरासीको दाउन्नेमा रोकिएका गाडी चल्न थाले। गम्भीर खानले पनि आँप बोकेको ट्रक चलाए। नवलपुरको थुम्सी नजिकैको खोलाको डाइभर्सन भत्किएपछि बाटो बन्द भयो। बिहीबारको उनको बास थुम्सीपारि नै भयो।

शुक्रबार डाइभर्सन तयार भयो, लाम लागेका गाडी अघि बढ्न थाले। 

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएकाले प्रहरीले उक्त सडक भएर जान लागेका गाडीलाई गैंडाकोटमा रोकिदियो। गम्भीर खानको त्यो दिनको यात्रामा करिब दस किलोमिटर पछि नै पूर्णविराम लाग्यो।

शनिबार ११ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाएर सञ्चालनमा आउन थालेको खबरले उनी उत्साहित थिए। 

प्रकाशित मिति: : 2021-07-04 18:14:00

प्रतिकृया दिनुहोस्