ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ। मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।
ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे। नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन्।
दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ। नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।
साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ।