करेन्ट लागेर कर्मचारीको मृत्यु

Symbolic photo
Symbolic photo

विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ। 

नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो। 

बिर्तामोड नगरपालिका–४ स्थित जात्रुबाडी बस्ने घाइते भट्टराईको उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पु¥याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-07 15:50:00

प्रतिकृया दिनुहोस्