काेपा अमेरिकाकाे फाइनलमा १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना, यस्ताे छ यी दुईकाे विगत

Photo : AFP
Photo : AFP

आगामी आइतबार बिहान फुटबल प्रेमीहरुको लागि महत्वपुर्ण समय बन्नेछ। कारण- कोपा अमेरिका २०२१ को उपाधिका लागि अर्जेन्टिना र ब्राजिलको खेल।

ब्राजिलका प्रशंसकहरु जति छन्, उत्तिकै प्रशंसकहरु अर्जेन्टिनाका पनि छन्। आइतबार बिहान १४ वर्षपछि कोपा अमेरिकाकाे फाइनलमा भिड्दैछन्।

सन् १९१४ यता फुटबलको इतिहास हेर्ने हो भने दुई टिमबीच विभिन्न १०५ खेल भएका छन्। जसमा ब्राजिलले ४१ खेल जितेको छ भने अर्जेन्टिनाले ३८ खेल जितेको छ। २६ खेल भने बराबरीमा सकिएका छन्।

अर्जेन्टिना र ब्राजिलबीच विश्वकपमा अहिलेसम्म चार खेल भएका छन् भने कोपा अमेरिकामा २९ खेल भएका छन्। ब्राजिलले पाँच पटक विश्वकप जितेको छ भने अर्जेन्टिनाले दुई पटक जितेको छ। 

कोपा अमेरिकाको इतिहासलाई हेर्दा ब्राजिलले ९ पटक जित हात पारेको छ भने अर्जेन्टिनाले १४ पटक जितेको छ। अन्य खेल भने बराबरीमा सकिएका छन्।

कोपा अमेरिकाको समग्र इतिहासमा अर्जेन्टिना अघि छ भने विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ।

फुटबलमा महत्वपुर्ण प्रतिद्वन्द्दी मानिएका यी दुई टीमकाे खेल निकै राेचक हुने अपेक्षा गरिएकाे छ। 

प्रकाशित मिति: : 2021-07-07 16:48:00

प्रतिकृया दिनुहोस्