ओली–नेपाल भेटवार्ताको 'बाध्यता'

हिमाल खबर

काठमाडौँ

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अहम्‌का कारण नेकपा (एमाले) औपचारिक विभाजनको बाटोमा पुगेको बताइँदै गर्दा एकताको लागि देखिएको पछिल्लो सक्रियता र प्रमुख नेताहरूबीच भेटवार्ता हुनुमा दुवैतर्फको बाध्यता गाँसिएको छ।

१९ असार शनिबार सम्पन्न नेकपा (एमाले)को १३औं केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षलाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेपछि एमाले नेताहरू नै पार्टी औपचारिक विभाजनको बाटोमा पुगेको निष्कर्षमा पुगेका थिए।

बालुवाटारमा भएको उक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका पनि थिए, “अदालतको फैसला आउँदासम्म प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउन जसको हस्ताक्षर कायम रहन्छ, ती एमाले कार्यकर्ता होइनन्।”

प्रकाशित मिति: : 2021-07-08 09:46:00

प्रतिकृया दिनुहोस्