ललितपुर महानगरपालिकामा दोस्रो डोज खोप २७ र २८ गते लगाइने

File photo
File photo

ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा २७ र २८ गते लगाइने भएको छ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो  निर्णय गरेको हो। पहिलो मात्रा सो लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई  खोप लगाइने सूचनामा जनाइएको छ।

सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ। 

यसैगरी ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार सो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्। 

प्रकाशित मिति: : 2021-07-08 11:48:00

प्रतिकृया दिनुहोस्