नेपालीका लागि वैदेशिक रोजगारीको अवसर खुम्चिँदै

सेतोपाटी

काठमाडाैं

कोरोना महामारीका कारण नेपाली श्रमिकका निम्ति वैदेशिक रोजगारीको अवसर खुम्चिँदै गएको छ। प्रमुख गन्तव्य मुलुकमै अवसर संकुचित बन्दै गएकाले समस्या भएको श्रम काउन्सिलरहरूले बताएका छन्।

नेपाली श्रमिकको निकै आकर्षक र प्रमुख गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसियाको पछिल्लो अवस्था चिन्ताजनक रहेको मलेसियाका लागि श्रम काउन्सिलर दीपक ढकालले बताए।

'विगतमा मलेसियामा पाँचदेखि छ लाख नेपाली रोजगारीमा संलग्न थिए। अहिले एक लाख ६० हजार हाराहारी मात्रै वैधानिक हैसियतमा काम गरिरहेका छन्। यो संख्या अत्यन्तै कम हो,' ढकालले भने।

स्वदेशमा रोजगारी अवसर नभएको अवस्थामा वैदेशिक रोजगारी पनि खुम्चिँदै जानु चिन्ताजनक भएको उनको भनाइ छ। पछिल्लो समय कोभिड संक्रमण जोखिम बढ्दै गएकाले मलेसियाले आप्रवासी कामदार प्रवेशमा कडाइ गरेको हो।

उनका अनुसार त्यहाँ दैनिक सात हजार हाराहारीमा कोरोना संक्रमण भइरहेको छ। जसले गर्दा सरकारले कडाइ गरेको हो। कति नेपालीमा संक्रमण देखियो भन्ने यकिन विवरण नपाए पनि हालसम्म कोरोनाका कारण २१ नेपालीको ज्यान गएको तथ्यांक प्राप्त भएको छ। संक्रमण बढ्दै गएकाले आगामी डिसेम्बरसम्म आप्रवासी श्रमिकले मलेसिया प्रवेश पाउने सम्भावना कम रहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-08 16:44:00

प्रतिकृया दिनुहोस्